FAQs Complain Problems

समचार

वडा नं. १ को संक्षिप्त परिचय र नागरिक वडापत्र

नामकरण:- 
कुनै पनि ठाउँको नामकरण त्यस ठाउँको प्राकृतिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, सामाजिक आदिको विशेष भुमिका रहन्छ । कुनै समुदाय विशेषका क्रियाकलाप तथा गतिविधिहरु पनि स्थान नामकरणको कारक बन्दछन । वडा नं. १ राखावाङदेलको नामकरण यहाँका आदिवासी नाछिरिङ राईहरुको भाषाबाट रहेको भन्नेभनाई छ । नाछिरिङ भाषामा राखा भनेको धानको व्याड भन्ने बुझिन्छ र वाम्रतेल भनेको फापरवारी भन्ने बुझिन्छ । सुरुमा राखा एउटा गाउँको नाम रहन गयो अर्को व्रामतेल अर्को गाउँको नाम रहन गयो पछि अपभ्रंश हुँदै व्रामतेललाई वाङदेल भन्न थालियो । यसर्थ यी दुई वटा गाउँ राखा र वाङदेलको नामबाट नै वडाको नामकरण राखावाङदेल हुन गयो । 
पृष्ठभुमि : 
यस १ नं. वडा राखावाङ्देल को सामाजिक तथा ऐतिहासिक पृष्ठभुमि झण्डै ५ शताब्दी अगाडीदेखि रहेको छ । प्राचीनकालमा यो १ नं. वडा राखावाङ्देल अनकन्टार जंगल मात्र थियो  रे । यहाँका आदिवासी नाछिरिङ राईहरु सिदुरे वेसी दुधकोशी, रावाखोला, हँदै शिकार खेल्ने क्रममा रावा र लिदिङ खोलाको दोभान हुँदै पिपिचा डाँडा हुँदै अन्यन्त जंगली जनावर भएको घना जंगल हाल ऐसेलुखक गा.पा. वडा नं.३ को पातेल बेसी भनिन्छ । त्यहाँ वसोवास गरी कैयौ मृग, घोरल, वनेल आदि मारी वसोवास गर्ने क्रममा भयो पछि त्यहाँको जंगल फडानी गरी खेतीपातीसमेत लगाउन थाले । समयको चक्र बग्दै जाँदा पातेल वेसीदेखि ठिक अगाडिपटिको वा पारी रहेको जंगल पुन ः फडानी गरी वसोवास योग्य वनाई हाल राखावाङदेलको रुपमा रहन भएको छ । 

भौगलिक अवस्थितिः– 
        ऐसेलुखर्क गाउँपालिकाको वडा नं. १ राखावाङदेल भौगलिक अवस्थिति पुर्वी देशान्तर ८६० ४६’ ३०” देखि ८६० ५०’ ४०”  सम्म र उत्तरी अक्षांश २७० २०’ ५” देखि २७० २६’ १५” सम्म  रहेको छ ।
सिमानाः–
        यस वडाको सिमाना पुर्वमा केपिलासगडि गाउँपालिकाको सुङदेल, राखा दिप्सुङ, पश्चिममा २ नं. वडा बाकाचोल र ३ नं. वडा ऐसेलुखर्क उत्तरमा सोलुखुम्वु जिल्लाको सोताङ र दक्षिणमा केपिलासगडि गाउँपालिकाको बाक्सिला र सप्तेश्वर पर्दछ ।
क्षेत्रफलः– 
     यस वडाको क्षेत्रफल द्दद्द.द्दछवर्ग कि.मि. रहेको छ ।
हावापानी:-
       यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको कालेख, फेपेर्कु , विदेल आदिमा उष्ण हावापानी छ भने राखा वाङदेलमा समशितोष्ण, तोरावारी, वाहाने, सिव्दुमा शीतोष्ण हावापानी रहेको पाइन्छ । विषम हावापानी पाईने यस १ नं.वडा राखावाङदेलमा ४ माना मुरी धान फल्ने खेत देखि लिएर ठन्डी याममा हिउँ पर्ने क्षेत्र समेत पर्दछ । ग्रीष्मको समयमा गर्मी हुने र सोहि समयमा न्यानो भुवादार कपडा समेत पचाउन सक्ने हावापानी पनि यस राखावाङदेलको पहिचान हो । यसरी सर्सर्ती हेर्दा क्रमश ः उष्ण समशितोष्ण हावापानीको आयामिक सम्वन्धले यो वडा पर्यावरणीय दृष्टिकोणले अत्यन्त वसोवास योग्य छ  । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9860791517