FAQs Complain Problems

समचार

वडा नं. ४ को संक्षिप्त परिचय र नागरिक वडापत्र

भौगलिक अवस्थितिः– 
      वडा नं. ४ जलेश्वरी २७० २२’ ५” देखि २७० २३’ ४०” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४१’ ०” देखि ८६० ४४’ ५५”  पुर्वी देशान्तर सम्म रहेको छ । 

सिमानाः– 
        यस वडाको सिमाना पुर्वमा ३ नं. वडा ऐसेलुखर्क पर्दछ । पश्चिममा दुधकोशी नदि पर्दछ भने उत्तरमा सोलुखुम्बु जिल्लाको जुबु र दक्षिणमा ३ नं. वडा महेश्वरी पर्दछ । 

क्षेत्रफलः– 
       यस वडाको क्षेत्रफल १३.८३ वर्ग कि.मि.तथा १,३८२.८४ हेक्टर रहेको छ ।

हावापानी :-
       जलेश्वरी को हावापानी उष्ण, समशितोष्ण र ठण्डाशितोष्ण गरि तीन प्रकारको पाईन्छ । वर्षको आधासमय गर्मि, आधा समय जाडो यसको आधा भु–भागमा हुन्छ । केहि भु–भागमा बाह्रै महिना ठण्डी नै भईरहेने पर्दछ । यहाँको तापक्रम अधिकतम ३२ डिग्री से. र न्युनतम ४ डिग्री से. छ भने औषत बार्षिक वर्ष १५२ मि.लि. रहेका छ । गर्मी महिनामा मनसुन सुरु भएपछि असोज महिनासम्म पानी पर्ने गर्दछ । हावापानीको भरपरि यस वडामा मानिसहरुले धान मकै र  कोदो जस्ता कृषि बालिहरु लगाउने गर्दछन । हिँउदको समयमा सुख्खा हुने भएकाले आलु गहूँ, जौ जस्ता बालिनालिहरु लगाए पनि सामान्य रुपमा सिंचाई  हुने ठाउँमा सिंचाई गरिन्छ तर अन्य ठाउँमा सुख्खाका कारण बालि सुकेर नष्ट हुने गर्दछ । यस वडाको मानिसहरुले तरकारी खेती गर्नका लागि पनि हावापानीमा नै भरपर्नु परेको छ । 
यस वडाको धरातलिय स्वरुप अनुसार ठण्डी क्षेत्रमा वर्षैभरी ठण्डी नै भईरहन्छ । केहि भु–भागमा तुषारो पर्दछ भने माथिल्लो भेगमा हिउँदमा हिउँ जम्ने गर्दछ । यस वडाको अधिकांश भु– भाग उत्तरबाट दक्षिण तर्फ फर्केको हुनाले सुर्यको किरण सिधा पर्न गई पारिलो भएको हुनाले रापिलो हुने गर्दछ । 

प्रमुख नदीहरु तथा खोलानालाहरु :-
दुध कोशी नदी
मेकु खोला
सिम्ले खोला 
प्रमुख धर्महरु:-
      यस वडामा हिन्दु धर्म, वौद्ध धर्म, किरात धर्म र क्रिश्चियन धर्म मान्ने मानिसहरु  रहेका छन् ।
प्रमुख जात जातिहरु :-
         ४ नं. वडा जलेश्वरीमा क्षेत्री, ब्राहमण, तामाङ, कामी, राइ, , संयासी, शेर्पा आदि जातिहरुको वसोवास रहेको छ ।  
उच्च शिक्षा तथा विद्यालय :- 
         यस ४ नं. वडामा ५ वटा प्रारम्भिक वाल विकास केन्द्र, ३ वटा प्राथमिक विद्यालय, १ वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
9814769755