FAQs Complain Problems

वडा नं. ७ को संक्षिप्त परिचय र नागरिक वडापत्र

नामाकरण :-
         यस माक्पा वडाको नाम कसरी रहन गयो भन्ने वारे एउटा किवंदन्ती पाईन्छ । धेरै–धेरै वर्ष अगाडीको कुरो हो । अहिलेको माक्पा वडा निर्जन जङ्गली क्षेत्र थियो रे जहाँ केवल भेडेकुरो र ऐसेलुका झाडीहरु रहेका थिए । यस माक्पा वडामा बस्ती बस्न वडाको नाम नामकरण हुनुभन्दा अगाडी हालको सिम्पानी बाक्सिलाको सिमाना गाउँबाट गान्पा र रतेपा नाम गरेका दुई जना दाजुभाईको बसोवास रहेको थियो । ती दुई दाजुभाई मध्ये एउटा भाई धामी थियो । आफ्नो सुरक्षाको लागि कुकुर पालेका थिए । जसको नाम माकिपा थियो । दुवैजना अलग–अलग भएर शिकार गर्न जान्थे । एक दिनको कुरा हो । त्यो माखिपा नाम गरेको कुकुर एक विहान देखि हरायो । दिउँसोतिर जिउभरी भेडेकुरो र मुखभरी रगतले लत्पतिएर आयो । लत्पतिएको रगत आफ्नो मालिकलाई देखाउदै कुईकुईको आवाज निकाली जङगलतिर जाँदै घरतिर फर्किदै गर्न थाल्यो । यसरी पटक पटक कुकुरले गर्दै गरेको अनौठो क्रियाकलाप देखेर त्यो कुकुरको अमुक भाषा उस्को मालिकले बुझिसकेको थियो । कुकुरले व्यक्त गर्न नसकेको भाषा बुझिसकेपछि रतेपा र कुकुर दुवै अगाडी पछाडि गर्दै बाटो बनाउदै जाँदा एउटा क्षेत्र देखियो । जहाँ भेडेकुरो र जङगलले घेरिएको खुल्ला चौरमा एउटा मृग मरेको थियो । त्यो मृग मारेको देखेर कुकुरलाई माया गर्दै रातेपा खुसिले गद्गद् भए त्यो भन्दा पनि बढि खुसि बस्न लायक ठाउँ पत्ता लगाएको ठाउँ बस्न लायक भएकोले दुवै दाजुभाई गान्पा र रतेपाले दुमी राई बाक्सिला सिम्पानी लाई छाडेर हालको माक्पा भन्ने ठाउमा बसोबास गर्न थाले । यसरी माखिपा नामको कुकुरले पत्ता लगाएको हुँदा माखिपाबाट अपभं्रस भई माकिपा हुँदै हालको माक्पा रहन गएको किवंदन्ती छ ।
 
भौगलिक अवस्थितिः– 
        वडा नं. ७ माक्पा २७० १८’ ३०” देखि २७० २१’ ३०” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४३’ ३०” देखि ८६० ४६’ ५०”  पुर्वी देशान्तर सम्म रहेको छ । 

सिमानाः–
         यस ७ नं. वडा माक्पााको पुर्वमा १ नं. वडा राखा, पाश्चिममा रावा वेसी गाउँपालिकाको दुवेकोल उत्तरमा ३ नं. वडा ऐसेलुखर्क वडा दक्षिणमा दिक्तेल रुपाकोट मझुवा गढि नगरपालिकाको जालपा सित सिमाना जोडिएको छ ।
       
क्षेत्रफलः– 
      यस वडाको क्षेत्रफल १६.५३ वर्ग कि.मि.तथा १,६५३.०१ हेक्टर रहेको छ ।

हावापानी :-
       यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको माथिल्लो भेगमा अलि चिसो हुन्छ । यस भेगको हावापानी समशितोष्ण प्रकृतिको पाईन्छ । यस वडाको तल्लो भाग बेंसी तथा खोच पर्दछ । यहाँको हावापानी उष्ण छ । धेरै जसो भागमा समशितोष्ण हावापानी रहेको छ ।। 

प्रमुख नदीहरु तथा खोलानालाहरु :-
रावाखोला 
चङखोला
वन्चरे खोला 

स्थानीय पर्यटकीय स्थलहरु:-
सपनेश्वर महादेव

प्रमुख धर्महरु :-
      यस वडामा हिन्दु धर्म,  किरात धर्म धर्म मान्ने मानिसहरु  रहेका छन् ।

प्रमुख जात जातिहरु :-
७ नं. वडा माक्पामा क्षेत्री, ब्राहमण, मगर, कामी, राइ,  दमाइ, सार्की,  संयासी,  भुजेल,  आदि जातिहरुको वसोवास रहेको छ । 

उच्च शिक्षा तथा विद्यालय :-
      यस ७ नं. वडामा ५ वटा प्रारम्भिक वाल विकास केन्द्र, ४ वटा प्राथमिक विद्यालय, २ वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६३७८६८८०