FAQs Complain Problems

समचार

वडा नं. ६ को संक्षिप्त परिचय र नागरिक वडापत्र

ऐतिहासिक पृष्ठभुमि :-
        नेपालको ऐतिहासिक पृष्ठभुमि सामन्ति राणाशासनको पाला देखिनै रहेको पाईन्छ । राणाशासनको समयमा १९३५÷३६ सालमा ओखलढुंगामा जंगी परेडको स्थापना भए पछि ऐसेलुखर्कमा ओखलढुंगाको शाखाका रुपमा जंगी अड्डाको स्थापना भएको थियो । २०१६ सालमा फेरी शाखाको रुपमा नै अदालतको स्थापना पनि भयो । त्यसै ताका जेल निर्माण पनि भएको थियो । वि.स. २०१६ मा जनसंख्यालाई ख्यालमा राख्दै प्राथमिक स्वास्थय केन्द्रको स्थापना भयो  । २०१९ साल सम्म यो ओखलढुंगा जिल्ला प्रशासनका मातहतमा रहेको थियो सो अनुरुप नेपाल ७५ जिल्लामा विभाजन भयो । सो क्रममा ऐसेलुखर्क सोलुखुम्बु जिल्लामा गाभियो । यसरी गाभि सकेपछि सम्पुर्ण कार्यालयहरुको सदरमुकाम सल्लेरीमा स्नानन्तरण भयो जस अनुसार २०२० सालमा अदालत, २०२५ सालमा जेल र २०३२ सालमा प्राथमिक स्वस्थ्य केन्द्र सल्लेरीमा सरीसकेपछि ऐसेलुखर्क सून्यमा परीणत भयो । वि.स. २०३२ को प्रशासनिक र राजनैतिक पुर्नगठणले ऐसेलुखर्क मात्र नभै यसै क्षेत्रकै इतिहासमा दोस्रो थप्पड मार्यो कि सोलुखुम्बु जिल्लामा पर्ने १५ गाउँ पञ्चायत खोटाङ जिल्लामा गाभिन पुगे । 
     परिस्थिति र समयको आधिवेरी संगै लडाई खेल्दै २०१७ सालमा डुम्रेकोट गाउँपञ्चायत बन्यो र २०२३ सालमा सल्ले डुम्रेधारापानी गाउँ पञ्चायत बन्यो । यसरी नै जनसंख्याको चाप र समयको माग अनुसार परिवर्तशिल रुपमा अगाडि बड्दै जाने क्रममा ज्यामिरे गाउँ पञ्चायतमा स्थापना भयो । 
       वि.स.२०४६ को राजनैतिक परिवर्तन संगै ज्यामिरे गाउँ पञ्चायत बाट गाउँ विकास समितिमा परिणत साथै वि.स.२०७३ फाल्गुन २७ गते संघीय संरचनाको कार्यान्वयन संगै ऐसेलुखर्क गाउँपालिकाको वडा नं. ६ कायम हुन पुगेको छ । 

 भौगलिक अवस्थितिः– 
        वडा नं. ६ ज्यामिरे २७० १८’ ४०” देखि २७० २१’ १५” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४०’ ५०” देखि ८६० ४३’ ३०”  पुर्वी देशान्तर सम्म रहेको छ । 

सिमानाः– 
           यस ६ नं. वडा ज्यामिरेको सिमाना पुर्वमा रावा वेसी गाउँपालिकाको डुम्रे , पश्चिममा दुधकोशी नदि, उत्तरमा ५ नं. वडा महेश्वरी र दक्षिणमा दुधकोशी नदी तथा सोलुखुम्वुको सिमाना रहेको छ ।
       
क्षेत्रफलः–
   यस वडाको क्षेत्रफल १२.८१ वर्ग कि.मि.तथा १,२८१.१५ हेक्टर रहेको छ ।
    
हावापानी :-     
       यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको माथिल्लो भेगमा अलि चिसो हुन्छ । यस भेगको हावापानी समशितोष्ण प्रकृतिको पाईन्छ । यस वडाको तल्लो भाग बेंसी तथा खोच पर्दछ ।यहाँको हावापानी उष्ण छ । वेसी तीरको भागमा गर्मि याममा अति नै गर्मि हुने गर्दछ । 
प्रमुख नदीहरु तथा खोलानालाहरु :- 
  दुध कोशी नदि
 लुकुवा खोला
 काभ्रे खोला 
प्रमुख धर्महरु :-
      यस वडामा हिन्दु धर्म, वौद्ध धर्म, र क्रिश्चियन धर्म मान्ने मानिसहरु  रहेका छन् ।

प्रमुख जात जातिहरु :-
६ नं. वडा ज्यामिरेमा क्षेत्री, ब्राहमण, तामाङ, राइ, मगर आदि जातिहरुको वसोवास रहेको छ । 

उच्च शिक्षा तथा विद्यालय :-
        यस ६ नं. वडामा ४ वटा प्रारम्भिक वाल विकास केन्द्र, ४ वटा प्राथमिक विद्यालय, ० वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६१३९५०३१