समचार
वडा नं. ५ को संक्षिप्त परिचय र नागरिक वडापत्र
नामाकरण:-
वडा नं. ५ महेश्वरीको नाम यहाँ रहेको महेश्वरी देवीको नामबाट रहेको हो ।
भौगलिक अवस्थितिः–
वडा नं. ५ महेश्वरी २७० २०’ ३०” देखि २७० २२’ ४०” उत्तरी अक्षांश सम्म फैलिएको छ । साथै ८६० ४०’ ५५” देखि ८६० ४४’ ५०” पुर्वी देशान्तर सम्म रहेको छ ।
सिमानाः–
यस वडा नं. ६ को सिमाना पुर्वमा ३ नं. वडा ऐसेलुखर्क, पश्चिममा सोलुखुम्बु जिल्ला हुदै वहदै आएको दुधकोशी नदी, उत्तरमा ४ नं. वडा जलेश्वरी, दक्षिणमा ६ नं. वडा ज्यामिरे रहेको छ ।
क्षेत्रफलः–
यस वडाको क्षेत्रफल १२.८७ वर्ग कि.मि.तथा १,२८६.८४ हेक्टर रहेको छ ।
हावापानी :-
यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडाको माथिल्लो भेगमा अलि चिसो हुन्छ । यस भेगको हावापानी समशितोष्ण प्रकृतिको पाईन्छ । यस वडाको तल्लो भाग बेंसी तथा खोच पर्दछ ।यहाँको हावापानी उष्ण छ । वेसी तीरको भागमा गर्मि याममा अति नै गर्मि हुने गर्दछ ।
प्रमुख नदीहरु तथा खोलानालाहरु :-
दुधकोशी
मेकुखोला
तामेखोला
बाल्छी खोला
अधेरी खोला
प्रमुख धर्महरु :-
यस वडामा हिन्दु धर्म, वौद्ध धर्म, किरात धर्म र क्रिश्चियन धर्म मान्ने मानिसहरु रहेका छन् ।
प्रमुख जात जातिहरु:-
५ नं. वडा महेश्वरीमा क्षेत्री, ब्राहमण, कामी, राइ, दमाइ, सार्की, संयासी, भुजेल आदि जातिहरुको वसोवास रहेको छ ।
उच्च शिक्षा तथा विद्यालय :-
यस ५ नं. वडामा ४ वटा प्रारम्भिक वाल विकास केन्द्र, ३ वटा प्राथमिक विद्यालय, १ वटा आधारभुत विद्यालय , १ वटा माध्यमिक विद्यालय रहेका छन् ।