FAQs Complain Problems

समचार

वडा नं. २ को संक्षिप्त परिचय र नागरिक वडापत्र

भौगलिक अवस्थितिः– 
     यस २ नं. वडा वाकाचोलको अवस्थिति पुर्वी देशान्तर ८६० ४५’ २०” देखि ८६० ४९’ ४०”  सम्म र उत्तरी अक्षांश २७० २२’ २०” देखि २७० २६’ २५” सम्म रहेको छ ।

सिमानाः– 
    यस २ नं. वडा वाकाचोलको सिमाना पुर्वमा लिदिङ खोला तथा १ नंं. वडा राखावाङ्देल , पश्चिममा सोलुखुम्बु जिल्लाको जुवु ,उत्तरमा सोलुखुम्बु जिल्लाकै सोताङ र लोखिम र दक्षिणमा ३ नं. वडा ऐंसेलुखर्क पर्दछ ।    

क्षेत्रफलः– 
     यस वडाको क्षेत्रफल २४.८७ वर्ग कि.मि. रहेको छ ।

हावापानी :-
      विविधतापुर्ण भुगोल रहेकोले यहाँको हावापानीमा समेत विविधता पाईन्छ । यस वडाको हावापानी विषमतापुर्ण छ । यस वडामा हावापानी  समशितोष्ण र शीतोष्ण हावापानी रहेको पाइन्छ । विषम हावापानी पाईने यस २ नं.वडा वाकाचोलमा ठन्डी याममा हिउँ पर्ने क्षेत्र समेत पर्दछ । यहाँको माथिल्लो क्षेत्रको जंगलमा डाँफे, भालु, मृगका साथै लोपोन्मुख वन्यजन्तु रातोपाण्डा समेत पाईने यस क्षेत्रका जानकारहरु वताउँछन । 

स्थानीय पर्यटकीय स्थलहरु:-
          विगत केहि वर्षअघिबाट कच्ची सडक मार्फत सडक सञ्जालसँग जोडिएको यस वडामा देउराली पोखरी, वन झाँक्री गुफा र धर्म डाँडा जस्ता धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरु समेत रहेका छन् । 

प्रमुख धर्महरु :-
    यहाँ विभिन्न धर्म मान्ने धर्मवालम्वीहरु बसोवास गर्दछन । जसमध्ये हिन्दु, बौद्घ,क्रिश्चयन र किराँत धर्म प्रमुखमा पर्दछन ।

प्रमुख जात जातिहरु:-
      यस ऐसेलुखर्क गाउँपालिकाको २ नं. वडा वाकाचोलमा  क्षेत्री, ब्राहमण, तामाङ, नेवार, कामी, राइ, गुरुङ, दमाइ, सार्की, संयासी, शेर्पा, भुजेल, सुनुवार आदि जातिहरुको वसोवास रहेको छ । 

उच्च शिक्षा तथा विद्यालय:- 
          यस २ नं. वडामा ४ वटा प्रारम्भिक वाल विकास केन्द्र, ३ वटा प्राथमिक विद्यालय, २ वटा आधारभुत विद्यालय ,  १ वटा माध्यमिक विद्यालय  रहेका छन् ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
2315
Ward Contact Number: 
9869728954