FAQs Complain Problems

समचार

ऐसेलुखर्क गाउँपालिका को परिचय

 ऐसेलुखर्क गाउँपालिका २७० १८’ ४०” देखि २७० २६’ १५” उत्तरी अक्षांश सम्म फैलिएको छ । त्यस्तै ८६० ४३’ ३०” देखि ८६० ४९’ ४०”  पुर्वी देशान्तर सम्म रहेको छ ।    ऐसेलुखर्क गाउँपालिकाको केन्द्र वडा नं. ३ को ऐसेलुखर्क वजारमा रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको सिमाना पुर्वमा केपिलास गढि गाउँपालिका, पश्चिममा ओखलढुङ्गा जिल्ला सिमाना हुदै वहने दुधकोशी नदि, उत्तरमा सोलुखुम्वु जिल्ला, दक्षिणमा रुपाकोट नगरपालिका रहेको छ ।ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रफल १२५.९३ वर्ग कि.मि. रहेको छ ।  कुनै पनि ठाउँको एक वर्ष सम्मको औषत मौषमलाई त्यस ठाउँको हावापानी भनिन्छ । नेपालमा उष्ण मनसुनी हावापानी, न्यानो समशितोष्ण हावापानी, ठण्डा समशितोष्ण, लेकाली हावापानी र हिमाली हावापानी गरी नेपालमा पाँच किशिमका हावापानी पाईन्छ तयसैले नेपालको हावापानीमा विषमता पाईन्छ । यस ऐसेलुखर्क गाउँपालिकामा हावापानीमा विषमता पाईन्छ । यहाँ उष्ण हावापानी, ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईन्छ । यहाँको  तापक्रम अधिकतम ३८० से. देखि न्युनतम ५० से. सम्म पाईन्छ । साथै यहाँको वार्षिक औषत १४८ मि.मी. वर्षा  हुन्छ ।यस ऐसेलुखर्क गाउँपालिकाको भुगोल  पहाडि धरातलमा रहनुको साथै  ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईने भएकोले यहाँ मकै,कोदो आलु, गहु, फापर जस्ता अन्नहरु उत्पादन हुन्छ । केहि भागमा धान पनी उनपादन हुन्छ । त्यसैले यहाँको प्रमुख खाना भात ,गेडागुडी, सागपात, सिन्की, गुन्दु्रक,ढिडो, , मासु रोटी ,पुवा, खिचडी आदी ।यस ऐसेलुखर्क गाउँपालिकाको प्रमुख व्यापारिक स्थानमा ऐंसेलुखर्क हो । यहाँ हप्ताको एक दिन शनिवारे हटिया लाग्दछ । यो स्थान ७ वटै वडा लगायत सोलुखुम्वु जिल्लाको जुवु, लोखिम, कुरिमा, सोताङ गुदेल लगायतका क्षेत्रहरुको व्यापारिक केन्द्र पर्दछ ।

प्रमुख नदीहरु तथा खोलानालाहरु 
दुधकोशी ः– 
        सोलुखुम्वु जिल्लामा रहेको दुधकुण्डवाट उत्पति भई यस गाउँपालिकाको ४ नं. वडा जलेश्वरी र ५ नं. वडा महेश्वरी हुदै  बग्ने दुधकोशी नदी सप्तकोशीको सहायक नदी हो । यो नदी खोटाङ जिल्लाको उत्तर पश्चिम सिमाना हुदै खोटाङ र उदयपुर जिल्लामो सिमानामा पुगि सुनकोशीमा मिसिन पुग्छ ।
रावाखोला ः–
        माछाको लागी प्रसिद्ध यो नदि यस गाउँपालिकाको  १ नं. वडा राखावाङ्देल र ७ नं. वडा माक्पा हुदै बग्ने यो नदी खोटाङ्ग जिल्लाको रावा वेसी गाउँपालिकाको रभुवा नजिक पुगि दुधकोशीमा मिसिन्छ ।
लिदिङ खोलाः– 
          यस गाउँपलिकाको  १ नं. वडा राखाबाङ्देल र २ नं. वडा बाकाचोल को सिमानामा पर्ने तारेभीर मुहान पर्दछ । यस गाउँपालिको १ नं वडा र २ नं. वडा साथै १ नं. वडा र ३ नं. वडाको सिमाना हुदै वहने यो खोला सिंचाई र माछाको लागि महत्वपुर्ण रुपमा यहाँको मानिसहरुले उपयोग गरिरहेका छन् । यो खोला ७ नं. वडा माक्पा र १ नं. वडा राखावाङ्देलको सिमानामा पुगि  रावा खोलामा मिसिन्छ । 
चङ खोला 
           ऐसेलुखर्कमा मुहान भई ७ नं. वडा माक्पाको  सिमाना हुँदै लिदिङ खोलामा गएर मिसिने चङ खोलामा वर्षाको समयमा जल प्रवाह पाईए पनि हिउँदमा सामान्य उपयोगमा मात्र यहाँको पानी प्रयोग गर्न सकिने स्थितिमा हुन्छ । वर्षे धानको लागि वडा नं. ३ ऐसेलुखर्क र वडा नंं. ७ काक्पाको आंशिक भुभाग यहाँको जलबाट सिंचित हुने बाहेक दिर्घकालिन उपयोगका दृष्टिले यहाँको जल अप्रयाप्त देखिन्छ ।  
वाङ् खोला 
      यो खोला ३ नं. वडामा मुहान भई लिदिङ्ग खोलामा मिसिने वाङ्खोला वर्षे खोला नै हो । छोटो मुहान भएका कारण हिउँदमा पानी कम हुने भएकाले दिर्घकालिन उपयोगमा आउने स्थिति देखिन्न । वर्षाको समयमा  सिंचाई गरिने काममा यो खोला प्रयोगमा आउन सके पनि हिउँदामा पानी सुक्ने कारणले सिंचाईमा प्रयोग गर्न सकिएको छैन ।